घाइते लामाको घरमा प्रहरीद्वारा खानतलासी

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका निवासी महेन्द्र लामा ‘विक्रम’को घरमा प्रहरीले खानतलासी गरेको छ ।
आइतबारको चन्द्रागिरि बम विस्फोटमा परी घाइते भएका नेता लामाको सहिद मेमोरियल अस्पिताल कलङ्कीमा उपचार गराइरहेको अवस्थामासोमबार दिउँसो थानकोटस्थित घरमा पुगेर प्रहरीले खानतलासी गरेको घरपरिवारले जनाएको छ । सादा पोसाकमा गएका प्रहरी टोलीले तलासी लिएको हो ।

तलासीका क्रममा मानसिक यातनासमेत दिइएको र त्यस क्षेत्रमा नेकपाको गतिविधिबारे सोधिएको बताइएको छ । अनावश्यकरूपमा घरपरिवारलाई मानसिक रूपले तनाव दिएको र असम्बन्धित विषयमा केरकार गरेको भन्दै परिवारका एक सदस्यले आपत्ति जनाए । प्रहरी प्रशासनको उक्त हर्कत रोक्न पनि सरकारसँग उनले माग गरे ।

घाइते लामाको शरीरको दायाँपट्टिको शिरदेखि पैतालासम्मको पूरै भागमा चोट लागेको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार लामाको दायाँ हातका तीनवटा औँला विस्फोटमा परी चुँडिएको छ । अर्का घाइते बुद्ध लामाको भने गम्भीर अवस्थामा उपचार भइरहेको बताइएको छ ।

सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटको केही समयपछि नै चिन्द्रगिरि क्षेत्रमा विस्फोट भएको थियो । घाइते दुवैजना नेकपासँग आबद्ध रहेको बुझिएको छ ।
त्यस्तै घट्टेकुलोमा भएको विस्फोटका घाइते भई उपचारार्थ रवीन केसीको स्वास्थ्य अवस्थाखतरामुक्त रहेको पनि जनाइएको छ ।

२०७६ जेठ १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :