झापामा पनि शङ्कास्पद वस्तु भेटियो

दमक : विप्लव नेतृत्वको नेकपाको बन्दका कारण आज देशभर जनजीवन प्रभावित बनेको छ भने देशभर बम तथा शङ्कास्पद वस्तु फेला परेका छन् । त्यस्तै अहिले झापाको दमक रतुवापुल नजिकै कुकर बमजस्तै देखिने शङ्कास्पद वस्तु फेलापरेको समाचार प्राप्त भएको छ ।

उक्त शङ्कास्पद वस्तुका कारण दुईपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीसमेत अलपत्र परेका छन् । अहिले प्रहरी र सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ जाँदैछन् । उक्त शङ्कास्पद वस्तु कसले राखेको भन्ने एकिन नभएपनि विप्लव नेतृत्वको नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :