भैंसेपाटी र खुमलटारमा डेटोनेटर बम फेला


ललितपुर : खुमलटारको टुटेपानीमा रहेको नेपाल लेप्रोसी ट्रस्ट भवनको पेटीमा राखिएको बम फेला परेको समाचार प्राप्त भएको छ । उक्त घटना स्थलमा सिनामंगलबाट गएका क्याप्टेन अजित थापाको टोली बम डिस्पोज पार्न गइरहेको जनाइएको छ ।

त्यसैगरी भैसेपाटीको आभास क्षेत्रनजिकै उकालो बाटोमा ६ वटा डेटोनेटर र बिस्फोटक पाउडरसहितको बम फेला परेको छ । उक्त बम लगनखेलस्थित राजदल गणले निस्क्रिय बनाएको हो । सोमबार बिहान ललितपुरका दुई ठाउँ राखिएका बम निकै शक्तिशाली रहेकोे डिस्पोजमा खटिएका सेनाले जनाएका छन् । एउटा डेटोनेटरले एउटा घरलाई क्षति गर्न सक्ने सेनाको भनाई छ ।

बिहानै भैसेपाटीमा बम डिस्पोज गरी खुमलटार आइपुगेको राजदल गणका टोलीले क्षति कम गर्नका लागि सिनामंगलबाट रोबोट झिकाएको समाचार छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :