बन्दले नुवाकोट र धादिङ ठप्प, धादिङ र विदुरमा बम विस्फोट

धादिङ नौबिसे र महादेवबेसीमा बम भेटियो

नुवाकोट : नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण जिल्लाबाट चल्ने लामो दूरीका सार्वजनिक गाडी चलेका छैनन् भने छोटो दूरीका गाडी पनि ठप्प भएको समाचार प्राप्त भएको छ ।
सबैजसो स्कुलर कलेज बन्द भएका छन् । आइतबार बन्दकालागि ठाउँठाउँमा बम विस्फोटका घटना भएको हुँदा आजको बन्दप्रति आम सर्वसमधारण त्रसित भएका छन् ।
यसैबीचविदुर नगरपालिका ५ कार्यालय नजिकै बम विस्फोट भएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

धादिङ नौबिसे र महादेवबेसीमा बम भेटियो

नेपाल कम्युनिस्ट पार्टीले आजआह्वान गरेको बन्दको समयमा धादिङको नौबिसे र माहादेवबेसीमा बम फेलापरेको समाचार प्राप्त भएको छ । बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :