सुर्खेतमा बन्दकर्ताद्वारा बसमा आगजनी


सुर्खेत : पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमाआगजनी भएको समाचार प्राप्तभएको छ । गुर्भाकोट नगरपालिका१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा नेकपाका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगो लगाएका हुन् ।

आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको जिल्लाप्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । बस जलेको ठाउँनजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :