दलित मुक्ति मोर्चा झापाका अध्यक्ष प्रवीण पक्राउ

मोरङका दुई स्थानमा शङ्कास्पद वस्तु

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्लाअध्यक्ष प्रवीण दर्नाल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट सादापोसाकमा खटिएका प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको समाचार प्राप्त भएको छ । पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

मोरङका दुई स्थानमा शङ्कास्पद वस्तु

 

 

मोरङका दुई स्थानमा बमजस्तो शङ्कास्पद वस्तु फेला परेको छ । सुन्दर हरैंचा ७को बिजुलीको पोलमा राखिएको कुकर बम हुनसक्ने स्थानीयले बताएका छन् । त्यसैगरी बूढीगङ्गा गाउँपालिका १ स्थित कोसी राजमार्गमा बमजस्तो लाग्ने शङ्कास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा प्रहरीले आवतजावतमा रोक लगाएको छ । दुवै स्थानमा सेनाको बम डिस्पोजल टोली गइरहेको समाचार प्राप्त भएको छ । बमजस्तो शङ्कास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित छन् ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :