पूर्वमाबन्दले जनजीवन ठप्प, सुन्दरहरैँचामा शङ्कास्पद वस्तु

भोजपुर हत्याकाण्डले नेकपा आक्रोशित


काठमाडौं : केही दिनअघि भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेमाथि प्रहरीले गोली चलाएर ज्यान लिएको तथा देशैभर नेता–कार्यकर्ताहरूमाथि धरपकड भइरहेको भन्दै त्यसको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्दको झापासहित पूर्वका विभिन्न ठाउँमा प्रभाव देखिएको छ ।

बन्दको पूर्वसन्ध्यामा हिँजो साँझ भद्रपुर, बिर्तामोडलगायत आसपासका क्षेत्रमा सरकारी प्रतिबन्धको प्रतिरोध गर्दै नेकपाका कार्यकर्ताले प्रदर्शन गरेको बताइएको छ । सोमबार नेकपाका कार्यकर्ताहरू सडकमा नदेखिएपनि सार्वजनिक तथा निजी प्रयोजनका सवारीसाधनहरू चलेका छैनन् । पूर्वपश्चिम लोकमार्गमा सशस्त्र प्रहरीको टोली ठाउँठाउँमाखटाइएको छ भनेप्रहरीको टोली गाडीमा परिचालन भएको देखिएको बताइएको छ ।

बन्दका कारणस्पष्ट नखुलाए पनि धेरैजसो निजी शिक्षण संस्थाका सञ्चालक तथा शिक्षकहरूले विशेष परिस्थितिका कारण आज विद्यालय बन्द रहने, पठनपाठन नहुनेलगायतबेहोराका सूचना सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरेका छन् । बिहान सञ्चालन हुने क्याम्पसको पठनपाठनसमेत हुन नसकेको बताइएको छ । बजार र पसलसमेत पूर्ण रुपमा खुलेका छैनन् ।

यसैबीच मोरङको सुन्दरहरैँचा वडा नम्बर ७ ठडियामा रहेको बिजुलीको खम्बामाशङ्कास्पद बस्तु फेला परेपछि सुरक्षाकर्मीले त्यसलाई घेरा हालेका छन् । कुकरमा तारले बेरेर बिजुलीको खम्बाछेउमा बोरामाथि राखिएको उक्त वस्तु बम हुनसक्ने आशङ्का गरिएको छ । सोही कारण सडकमा सवारीका साधन प्रभावित भएका छन् ।

 

भोजपुर हत्याकाण्डले नेकपा आक्रोशित

गतसाता भोजपुरको ट्याम्के–मैयुङ गाउँपालिका२ स्थित धोद्रे जङ्गलमा नेकपाकाकार्यकर्ता तीर्थ घिमिरेलाई प्रहरीले समातेर गोली हानी हत्या गरेको थियो । जेठ ८ गतपार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले भिडन्तको झूट्टानाटक रची सामान्य राजनीतिक कार्यक्रममा हिँडिरहेका युवा सङ्गठनका कार्यकर्ताको निर्मम रूपमा हत्या गरेको छ ।सरकारले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।’ कडा भाषामा प्रस्तुत भएका उनले सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर कार्यकर्तालाई चरम यातना दिनुका साथै हत्यासम्ममा उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको भन्दै बन्दसहितका कार्यक्रम घोषणा गरेका थिए ।
यसैबीच नेपाल कम्युनिसट पार्टीउपत्यका ब्युरोका नाममा जारी पर्चामा जेठ १३ को बन्द सफल पार्न आह्वान गरिएको छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :