रूपन्देहीमा एकाबिहानै वम विस्फोट, कपिलवस्तुमा बम भेटियो

नवलपुरको गाउँपालिका अध्यक्षको घरनजिकै विस्फोट


काठमाडौं : विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वन गरेको नेपाल बन्दको प्रभाव देशभर देखिएको छ । उता लुम्बिनीका केही जिल्लाहरूमा पनि विस्फोट भैरहेको सूचना छ । रुपन्देहीका धकधई, सैनामैना र लुम्बिनी क्षेत्रमा एकाबिहानै ठूलो आवाजमा बम विस्फोट भएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै कपिलवस्तुकाचन्द्रौटा र जितपुरमा शङ्कास्पद बस्तु फेलापरेको छन् । घटनास्थलमासेना र प्रहरीहरू उपस्थित छन भने डिस्पोजल टोलीसमेत पुगेको छ । विप्लव नेकपाले युवा सङ्गठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै आज जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको थियो ।

नवलपुरको बुलिङटारमा मध्यराती सिलिन्डर बम विस्फोट भएको छ ।

प्रहरीले उक्त विस्फोट विप्लवनेकपाले गराएको अनुमान गरेको प्रहरी चौकी बुलिङटारका प्रमुख प्रहरी नायव निरीक्षक सुन्दर गुरुङले बताए । गुरुङकाअनुसार मध्यरातिमा सिलिन्डरमा आगो लगाई विस्फोट गरिएको थियो । बुलिङटार ३ को खेतमासिलिन्डरमा आगो लगाई विस्फोट गराइएको प्रहरीले जनाएको छ । त्यस्तै आज बिहान साढे २ बजेमध्यबिन्दु नगरपालिका ११ अरुणखोलामा पेट्रोल बम प्रहार भएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको लु२ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । पेट्रोल बम ट्रक चालकको क्षेत्रमा नै प्रहार गरेपछि चालकट्रक छोडी हिँडेका थिए । ट्रकदुर्घटनामा परेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ । अहिलेसम्म नवलपुरमा कुनै मानवीय क्षति भने भएको छैन ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :