हेटौँडामा पनि बम भेटियो, ट्रकमा आगो लाग्यो

काठमाडाैं : आज बिहान हेटौँडाको चौकीटोलमा एउटा गाडीमा आगो लागेको छ । त्रिभुवन राजपथअन्तर्गत हेटौँडाको चौकीटोलमा प्रहरीचौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगो लगाइएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले बताएका छन् । आगो लागेर गाडीको सबै भाग जलेको छ।

यसैगरी बन्दको पूर्वसन्ध्यामा आज बिहान १ बजेहेटौँडाको बुद्धचोक नजिक प्रेसरकुकर बम भेटिएको थियो । बम राखेको थाहा पाउनेबितिक्कै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम निष्क्रिय पारिएको थियो । प्रेससरकुकर बम निष्क्रियपार्दा ठूलो आवाज आएको थियो । बन्दका कारण हेटौँडा बजार पूरै सुनसान बनेको छ ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :