अर्घाखाँचीमा शङ्कास्पद वस्तु भेटियो


काठमाडाैं : अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवासीय माविमा शङ्कास्पद वस्तु फेलापरेको छ । सन्धिखर्क२ चुत्राबेसीको बेलबाटिकामा रहेको अर्घाखाँची आवासीय माविको तारबारको पिलरमा झुन्ड्याइएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।

सोमबारको बन्दलाई लक्षित गरेर नेकपाका कार्यकर्ताले उक्त वस्तु राखेको हुनसक्ने आशङ्का गरिएकोप्रहरीको भनाइछ । शङ्कास्पद वस्तु बम हो कि होइन भन्ने यकिन भइनसकेकोजिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख नवराज मल्लले बताए ।

२०७६ जेठ १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :