प्रतिबन्ध विरुद्ध रोल्पाकाे विभिन्न ठाउँमा एकैसाथ प्रदर्शन


रोल्पा : प्रतिबन्धको घेरा तोड्दै मंगलबार रोल्पाका चार ठाउँमा एकैचोटी नेपाल कम्युनिस्ट पार्टीले प्रदर्शन गरेको छ । आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धको विरोध, पार्टीका केन्द्रीय सदस्य आदर्श, जिल्ला इन्चार्ज प्रताप, जनसत्ताका विश्वलगायत गिरफ्तार नेताकार्यकर्ताहरुको रिहाइ र दुइवटा नागरिकता भएका गंगादेव गाउँपालिका अध्यक्ष बीरबहादुर खत्रीलाई कारबाहीको माग गर्दै रोल्पाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन गरिएको हो ।

गंगादेव गाउँपालिकाको मछाइने डाडा पाखापानीमा भएको कार्यक्रममा राप्ती ब्युरो सदस्य सुन्दर वली, रातामाटा विद्यालय पाखापानीमा भएको कार्यक्रममा गंगादेव गाउँपालिका सेक्रेटरी टोपबहादुर डाङी किम, घोप्टे ओडार जिनाबाङ, नाउली विद्यालय जिनाबाङमा भएको कार्यक्रममा गंगादेव गाउँपालिका इन्चार्ज सन्दीप लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले राष्ट्रघाती, दलाल भ्रष्टहरुलाई प्रतिबन्ध लगाउनुको सट्टा जसले राष्ट्रघात गर्नुहुँदैन, भ्रष्टाचार गर्नुहुँदैन, आफूले बनाएको कानुन सही ढंगले पालना गर भन्ने मान्छेहरूलाई प्रतिबन्ध लगाउनु बिडम्बना भएको बताए । वक्ताहरूले गिरफ्तार नेताकार्यकर्ताहरु रिहाइ नगरिए सशक्त आन्दोलन गर्ने र दुइवटा नागरिकता लिएका गाउँपालिका अध्यक्षलाई राज्यले कारबाही नगरे नेकपाले गर्ने चेतावनीसमेत दिएका छन् ।

२०७६ जेठ ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :