इलाम जिल्ला इन्चार्ज विजय दर्नाल गिरफ्तार, मेची ब्युरोद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)


इलाम : नेकपा इलामका इन्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’लाई प्रहरीले सोमबार साँझ झापाको बिर्तामोडबाट गिरफ्तार गरेको छ । प्राप्त जानकारीअनुसार दर्नाललाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएका छन् ।

नेकपा मेची ब्युरो संयोजक प्रकाशले पार्टीका ब्युरो सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई तत्काल बिनासर्त रिहा नगरिए त्यसको उचित जबाफ दिने विज्ञप्तिमार्फत जनाएका छन् । दलाल पुँजीवादविरुद्ध सङ्घर्षरत पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्नु सरकारले आफ्नो टाउकामा आफैँले बन्चरो हान्नुबराबर हो भन्दै प्रकाशले विज्ञप्तिमा जनताको हकअधिकारका लागि बलिदान दिनसम्म तयार भएर हिँडेका क्रान्तिकारीहरुले सरकारी कामकारबाहीको डटेर सामना गर्ने जनाइएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

 

२०७६ जेठ ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :