नेकपा भेरी ब्युरो इन्चार्ज शीतल र सुर्खेत सेक्रेटरी यमराज गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज शीतल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई मङ्गलबार प्रहरीले बिनाकारण सुर्खेतबाट गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

सुर्खेतको भेरी उत्तरगङ्गा नगरपालिका ५ भजेनीबाट बिहान ९ बजे घरमा बसिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज शीतल र सुर्खेत जिल्ला सेक्रेटरी यमराजलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा राखिएको बुझिएको छ ।

२०७६ जेठ ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :