नेकपाका नेता रणबीरलाई जेठ ८ गते अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश


काठमाडौं: सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’लाई जेठ ८ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ । अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै अदालतले लिखित कारणसहित बन्दी झिकाउन बिपक्षीका नाममा उक्त आदेश जारी गरेको छ ।

बमलाई बैशाख २५ गते बुधबार केपी–बादल गृह प्रशासनले बाँकेको जानकी गाँउपालिका– ६, गनापुरबाट गिरफ्तार गरेको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि प्रहरीले नेता तथा कार्यकर्ताहरुलाई खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ तिव्र पारेको छ ।

२०७६ जेठ २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :