प्रतिबन्धयता राप्तीमा ४१ जना गिरफ्तार, व्युरो इन्चार्जद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले बैशाख ३१ गते विज्ञप्ति निकालेर बिभिन्न मितिमा गरी प्रतिबन्धपछि ४१ जना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरी झुठा मुद्दामा फसाउने सड्यन्त्र गरेको भन्दै बिरोध गरेको छन् ।

व्युरो इन्चार्ज सुवासले मंगलवार जारी गरेको बिज्ञप्तिमा सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएयता गृहयुद्धको झझल्को दिने सुरक्षाफौज परिचालन गरेर फायरिङ गर्दै र राती सुतिरहेका नेता तथा कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरिरहेको जनाएका छन् ।

पछिल्लो समय सोमबार मात्रै पार्टी ब्युरो सदस्य तथा पूर्वी रुकुम इन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’लाई प्रहरीले गिरफ्तार गरेको छ । इन्चार्ज सुवासले पश्चिम रुकुम सानीभेरी गाउपालिका वडा नं. ३ गरायलाबाट राती ११ बजे नकाललाई गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै घोर बिरोध गरेका छन् । केपी–बादल गृह प्रशासनले पुरै गाउँ घेराउ गरी कार्यकर्ता, जनताहरुको घरहरु गैरकानुनी रुपमा खानतलासी गरेको पनि विज्ञप्तिमा भनिएको छ ।

इन्चार्ज सुवासले गिरफ्तार सबै नेता कार्यकर्ताहरुलाई रिहा गरी झुठा मुद्दा खारेज गर्न माग गर्दै यसो नगरिए सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिएका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ जेठ २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :