जनसरकार प्रमुखद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)


कैलाली : थारुवान जनपरिषद् नेपाल कैलालीका प्रमुख करणले बैशाख २७ गते एक विज्ञप्ति निकालेर केपी-प्रचण्डको फाँसीवादी सरकारको धरपकड तथा गिरफ्तारीको घोर विरोध तथा चेतावनी दिएका छन् ।

प्रमुख करणले विज्ञप्तिमा नेकपामाथि प्रतिबन्ध लगाइ देशमा राजनैतिक संकट पैदा गर्दै अघोषित रुपमा युद्धको घोषणा गरी आतंक मच्चाइरहेको र दिनप्रतिदिन जनताका नजरबाट खस्किँदै गएको सरकारी दमन जनतालाई निराशता सृजना गरेकोप्रति जनसरकारको पनि आफ्नो नीति तथा कार्यक्रम संचालन गरिरहेको बताएका छन् ।

यसै शिलशिलामा नेकपाको र जनसरकारका जनपक्षिय कार्यक्रम शान्तिपूर्ण तरिकाले जनतामाँझमा जाँदै गर्दा हाम्रा नेता तथा कार्यकर्ताहरुलाई राजनैतिक पुर्वाग्रहका कारण धरपकड, गिरफ्तारी गर्ने, नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाई जेल चलान गर्ने कार्यप्रति जनसरकारको गम्भीर ध्यानाकर्षण भएको छ र उक्त कार्यप्रति कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएको विज्ञप्तिमा भनिएको छ ।

देशमा जनतामाथि लुटगर्ने चर्को ब्याजमा ऋण वितरण र जनतालाई ऋणिका भार थुपार्ने वित्तिय बैंक तथा वित्तिय सहकारी संस्था एनजिओ आइएनजिओ र विकास निर्माणका कार्यहरु जनसरकारको अनुमति विना प्रवेश निषेध गर्ने पनि विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

वित्तिय बैंकहरुले जनतामा समूह गठन गरी चर्को रुपमा ब्याज असुली गर्ने ऋणका भारी थुपार्ने यस्ता खाले दलालहरुको वित्तिय बैंकका ऋण ब्याज नतिर्न आम जनसमुदायमा जनसरकार अपिल गर्दछ । देशलाई गृहयुद्धतिर धकेल्ने केपी–पिके सरकार जवरजस्त रुपमा सेना, सशस्त्र र प्रहरीको बलमा दमन गरिरहेको छ । हामी पटक पटक भन्दै आएका छौं कि हाम्रो लडाइँ फाँसीवादी दलाल संसदीय व्यवस्थाका विरुद्ध हो तै पनि हाम्रा नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तारी गर्ने गरिरहेका छन् । हाम्रो लडाइँ सेना, पुलिससँग होइन विज्ञप्तिमा उल्लेख छ ।

यसै शिलशिलामा जनसरकार उप–प्रमुख मिना साउँदलाई विना कारण पक्राउ गर्नु यस किसिमका हर्कत फिरन्ते पुलिसबाट नहोस यदि यस्तै हर्कत गरिँदै जाने हो भने हामी त्यसका विरुद्ध कडा प्रतिवाद तथा आइ लाग्नेलाई शसक्त रुपमा जाई लाग्न तैयार रहेको जानकारी गराउँन चाहन्छौ । साथै हाम्रा पार्टीका विरुद्धमा भइरहेको सुराकी सिआएडीलाई कुनै पनि हालतमा छुट नहुने र त्यसलाई शसक्त कार्वाही गर्ने उद्घोष प्रमुखले विज्ञप्तिमार्फत गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा गिरफ्तार परेका नेता तथा कार्यकताहरुलाई निःशर्त तुरुन्त रिहाइको माग गर्दछौं अन्यथा वेवास्ता गरे उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वंम हुनेछ । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :