मेरो सरकार शब्दको चौतर्फी आलोचना


काठमाडौं : आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरेको विषयले सरकारको नीति तथा कार्यक्रम भन्दा पनि बढी चर्चा भएको छ । राष्टपतिको उक्त भनाईलाई लिएर सर्वत्र आलोचना भएको छ । राष्टपतिले बोलको शब्दको बिषयलाई लिएर राजनैतिक बुद्धिजीवी विश्लेकष पार्टीका नेताहरुले समेत चर्को आलोचना गरे । कतिपयले राष्टपति विद्यादेवी भण्डारीलाई महारानी शब्दको प्रयोग गर्दै अव देशमा महारानीको आवश्यकता नरहेको बताउने गरेका छ ।

कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई थप विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी सरकारले गम्भीर त्रुटि गरेको बताएका छन भने सांसद सुरेन्द्र पाण्डेले पनि ‘मेरो’ भन्ने शब्दमा नेपाल सरकार भनिदिएको भए हुन्थ्यो भन्ने भनाई ब्यक्त गरेका छन् । यस्तै प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपतिले ‘मेरो सरकार’ शब्द प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । ‘मेरो सरकार भन्नुले संविधान र जनताका प्रति सम्मान रहेन’, उनले भने, यसलाई सच्याएर नेपाल सरकार या हाम्रो सरकार भन्नुपर्दछ ।

सकारको नीति तथा कार्यक्रम प्रति ब्यङय गर्दै नयाँ शक्ति नेपालका सांयोजक बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने सुन्दर लय मिलेको कर्णमधुर खेत गरा बारीका पाटा मिलेको निबन्धको संज्ञा दिएका छन् । यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले पनि नीति तथा कार्यक्रममाथिको टिप्पणी भन्दा पनि राष्ट्रपतिले मेरो सरकार भनेकोमा आपत्ती जनाउदै सरकार राष्ट्रपतिको नभइए संसदको सरकार भएको बताएका छन् ।

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :