बुद्धिजिवी संगठनका संयोजक शाही रिहा


कालिकोट :नेपाल कम्युनिस्ट पार्टी निकट बुद्धिजिवि संगठनका कर्णाली ब्युरो संयोजक धनराज शाही बैशाख २४ गते रिहाई भएका छन् । संयोजक शाहीलाई मानव अधिकारकर्मी, इन्सेक प्रतिनिधि र पत्रकारहरुको जिम्मामा छाडिएको हो ।

शाहीलाई २०७५ चैत ११ गते तिलागुफाको गाल्जेबाट प्रहरीले पक्राउ गरी बिष्फोटक तथा संगठित अपराधको मुद्दा चलाएको थियो । चैत्र २९ गते अदालतले ३० हजार धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः अदालत परिसरबाट पक्राउ गरी सार्वजनिक स्थलमा अभद्र ब्यवहार गरेको भन्दै सार्वजनिक मुद्दामा पक्राउ गरी हिरासतमा राखेको थियो ।

सार्वजानिक मुद्दाको सोमबार प्रशासनमा फैसला भएपनि शाही मंगलबार बिहान ४५ दिनपछि मानव अधिकार र पत्रकारको रोहबरमा बिना सर्त छोडिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले बताएका छन् ।

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :