देशभर दमन, गिरफ्तारी र यातना

सरकार असफल


काठमाडौं : केपी वली सरकारले गत फागुन २८ गतेदेखि विप्लवले नेतृत्वले गरेको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि भन्दै प्रतिबन्ध लगाएको छ । त्यही दिनदेखि नेकपाका नेता/कार्यकर्ताको गिरफ्तारी, उनीहरूमाथि चरम यातना, गाउँगाउँमा सर्च अभियान चलाइएको छ । अहिलेसम्म नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ (दुवैजना हृदय र चिनीका बिरामी हुन्), वसन्त श्रेष्ठ, चूडामणि ओली, चन्द्रबहादुर खड्का, बन्धु चन्दलगायत केन्द्रीय तहका नेताहरूलाई गिरफ्तार गरेर शारीरिक र मानसिक यातना दिइएको छ ।

जुन समयमा केपी सरकारले नेकपामाथि प्रतिबन्धको घोषणा गरेको थियो, त्यो समयमा केपी र उनको क्याबिनेट सदस्यहरूको फुर्ति नै अर्को थियो । उनीहरू दिनदिनैजस्तो बोल्ने गर्दथे– अब विप्लव सकियो । उनका सामु हतियार बुझाएर वार्तामा आउनुको कुनै विकल्प छैन । नत्र उनलाई गिरफ्तार गरिनेछ । सम्पूर्ण गतिविधिलाई पूर्ण नियन्त्रण गरिनेछ, यस्तैयस्तै ।

सरकारले प्रतिबन्ध लगाएको २ महिना पुग्दैछ । अहिले पनि सरकारले गिरफ्तार गर्न, यातना दिन र गाउँगाउँमा सर्च गर्न छाडेको छैन । यति मात्र होइन, सरकारमा रहेको पार्टीका नेताहरू आफैँले प्रशासन लगाएर गिरफ्तार गराउने र कागज गराएर पार्टी प्रवेश गराउने, गतिविधिमा नलाग्न दबाब दिइरहेका छन् । यही हर्कत विगत पञ्चायती व्यवस्था, काङ्गे्रसकाल र सङ्कटकालमा हुने गथ्र्यो । अहिले ठीक यस्तै भएको छ । विगतका माओवादी भन्न रुचाउने केही मान्छेहरू यस्तो घिनलाग्दो काममा बढी सरिक रहेका छन् । पुरानो एमालेका केपी गुटका नेताहरूमा दमनले सिध्याइन्छ भन्ने घमण्ड चढेको छ । त्यसैले उनीहरू दमनमा उत्रिएका छन् । त्यसका साथै षड्यन्त्र पनि रचिराखेका छन् ।

गिरफ्तारीको पछिल्लो सिलसिलामा यही २२ गते गोरखाबाट योगेन्द्र कुमाल र कपिल भट्टलाई पुलिसले लखेटीलखेटी यातना दिएर गिरफ्तार गरेको छ । मङ्गलबार मात्र तनहुँमा पनि गिरफ्तार गरेको छ । केपी सरकारले आफ्नै संविधानले दिएको अधिकारलाई समेत च्यातेर मौलिक र राजनीतिक अधिकारमाति प्रतिबन्ध लगाएको छ । यसको सर्वत्र विरोध भैराखेको पनि छ । कहाँसम्म भने सरकारमै रहेका पार्टीका वरिष्ठ नेताहरूले नै विरोध गरेका छन् । तर केपी सरकारले सुन्ने कान लगाएको छैन ।

राज्यद्वारा प्रतिबन्ध घोषणा गरिँदागरिँदै पनि नेकपाले आफ्ना सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाएको छ । प्रतिबन्धका विरुद्ध नेपाल बन्दसम्म सफल पारेको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा सरकार पूरै असफल भएको देखिन्छ । यो सरकार राज्य चलाउन पनि असफल भएको छ । नीति तथा कार्यक्रमसम्म पुग्दा झन् एकपछि अर्को गर्दै गहिरो सङ्कटमा फस्दै गएको सरकारले गम्भीर त्रुटि गरेको बताएका छन् भने सांसद सुरेन्द्र पाण्डेले पनि ‘मेरो’ भन्ने शब्दमा नेपाल सरकार भनिदिएको भए हुन्थ्यो भन्ने भनाइ व्यक्त गरेका छन् । यस्तै प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपतिले ‘मेरो सरकार’ शब्द प्रयोग गरेकोमा आपत्ति जनाएका छन् । ‘मेरो सरकार भन्नुले संविधान र जनताका प्रति सम्मान रहेन’, उनले भने, यसलाई सच्याएर नेपाल सरकार वा हाम्रो सरकार भन्नुपर्दछ ।

सकारको नीति तथा कार्यक्रमप्रति व्यङ्ग्य गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने सुन्दर लय मिलेको कर्णमधुर खेत, गरा, बारीका पाटा मिलेको निबन्धको संज्ञा दिएका छन् । यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले पनि नीति तथा कार्यक्रममाथिको टिप्पणीभन्दा पनि राष्ट्रपतिले मेरो सरकार भनेकोमा आपत्ति जनाउँदै सरकार राष्ट्रपतिको नभएर संसद्को सरकार भएको बताएका छन् ।

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :