विप्लवलाई सडकको नेतृत्व गर्न पुर्व जर्नेलको आग्रह


काठमाडौं :नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले देशलाई भ्रष्ट र राष्ट्रघातीहरुले समाप्त पारिसकेको भन्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई देश बचाउन सडकको नेतृत्व गर्न आग्रह गरेका छन् । नेपालमा सबै दल र नेताहरु भ्रष्ट अनि राष्ट्रघाती भइसकेको र देश नै समाप्त हुन लागेको अवस्थामा विप्लवले देशको रक्षागर्न पनि सडक आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।जनपाटी अनलाइन सग कुरा गर्ने डा.बस्नेतल अहिले देशमा सबै नेताहरु पद पाएर भ्रष्ट बनिसकेको अवस्थामा विप्लव मात्र स्वच्छ रहेकोले आफुसग कहिल्यै भेट नभएका विप्लवसँग भेट्न चाहेको उनको भनाई छ । विप्लव नेकपाले राष्टियता, नागरिकता विधेयकविरुद्ध र भ्रष्टचारविरोधी अभियानलाई अगाडि बढाइरहेकोमा आफु सकारात्मक रहेको तर राष्टियताको मुद्धामा विप्लवजीले अझ स्पष्ट विचार किटान गरिदिनु पर्ने पूर्व जर्नेलको भनाई छ ।

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :