दलालहरुले देश बेचीसके, युवाहरु आऊ एकजुट बन–रेखा थापा

काठमाडौं : कलाकार तथा नायिका रेखा थापाले बर्तमान सरकार जनविरोधी भएको भन्दै यसका विरुद्धमा आन्दोलन शुरु भएको बताएकी छिन् । नायीका थापाले राज्यमा बसेकाहरुले देश बेची सकेको जनाउदै, देशभक्त युवाहरु अब सडक आन्दोलनमा आउन आव्हान गरेकी छिन् ।

नागरिकता वितरण, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नेपालका लागि नेपालीद्धारा आयोजित कार्यक्रमलाई काठमाडौंको बानेश्वरमा सम्बोधन गर्दै अभिनेत्री तथा निर्माता थापाले सरकारलाई च्यालेन्ज दिंदै भनिन् ‘डरको आँखामा यसरी आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस्।’

सिंह दरबार बालुवाटार सत्तामा बस्नेहरुको नभएको भन्दै थापाले भनिन ‘यो देश,यो सत्ता,यो सिँहदरबार, यो बालुवाटार तिमीहरुको बाउ बाजेको सम्पत्ति होइन, जनताको हो । आफू नागरिकको हैसियतमा सडकमा आएको बताउँदैं रेखाले लुटतन्त्र हटाएरै छाड्ने बताईन । उनले भनिन् “अब युवा जागिसकेको छ, हातमा कलम र कपि लिएर घोकन्ते विद्यामा लिप्त नहुनुस, देश बेचिसकेका छन् यी देशका दलालहरुले यो मेरो प्रतिबद्धता हो । यो देशको छोरी र नागरिक हुनुको हैसियतले मैले देशको र जुन यो देशका नागरिकले मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु भएको छ त्यसको ऋण तिर्ने बेला आएको छ, म मेरो देश र जनताको लागि मर्न पनि तयार छु ।”

२०७६ वैशाख २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :