कञ्चनपुरमा जिप दुर्घटना, तीनजना घाइते

काठमाडौँ : धनगढीबाट कञ्चनपुरको बेलौरीतर्फ विवाहका लागि जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो जिप वैशाख २४ गते पुनर्वास नगरपालिकामा दुर्घटना भएको छ । यूपी ३१ पी ७९७५ नम्वरको जिप पुनर्वास नगरपालिका २ को मोतीबस्तीमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका ब्युरो प्रमुख शिवराज भट्टसहित ३ जना घाइते भएका छन् ।

पत्रकार भट्टकी श्रीमती दुर्गा भट्ट र अन्य जिपमा सवार घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिपमा सवार भट्टका छोराछोरी भने सकुशल रहेका छन् । घाइतेको पुनर्वास पोलिक्लिनिकमा सामान्य उपचारपछि अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

२०७६ वैशाख २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :