अमेरिकाद्वारा इरानलाई स्पष्ट र सोझो सन्देश : युद्धपोत सहितका लडाकू पानीजहाज परिचालन


काठमाडौं : अमेरिकाले इरानलाई ’स्पष्ट र सोझो सन्देश’ दिनकालागि मध्यपूर्वमा युद्धपोत सहितका लडाकू पानीजहाज परिचालन गरेको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सो परिचालन ‘समस्या हुन सक्ने सम्भावना र तनाव बृद्धिका केही सङ्केत र चेतावनीहरू’का कारण भएको बताएका छन् । बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने बताए ।

एक विज्ञप्तिमा बोल्टनले भने “अमेरिकाले युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनैपनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको छ । उनले थपे “अमेरिकाले इरानसँग युद्ध चाहेको होइन, तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौँ । “अमेरिकाले परिचालन गर्ने निर्णय गरेको लडाकू पानीजहाज युरोपमा एप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ ।

अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त भइरहेको अवस्थामा यो निर्णय आएको छ । फिनल्याण्डमा रहेका विदेशमन्त्री माइक पोम्पेओले चाहीँ अमेरिकाले इरानमा केही गतिविधि देखेको र त्यसले सम्भावित तनाव बृद्धिको सङ्केत गरेको बताए । स्रोत बिबिसी

२०७६ वैशाख २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :