अखिल (क्रान्तिकारी)का नेता राउत रिहा


अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीका जिल्ला अध्यक्ष विष्णु राउत बैशाख २३ गते रिहा भएका छन् । सरकारले प्रतिबन्ध लगाएपछि केपी–बादल गृह प्रशासनले नेता राउतलाई सदरमुकाम सन्धिखर्कबाट पक्राउ गरेको थियो । नेता राउतलाई प्रहरीले सार्वजनिक मुद्दा लगाई हिरासतमा राखेको थियो । राउत २३ दिनको लामो समय हिरासतमा बसी धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै आफुले जस्तोसुकै मुल्य चुकाउनु परे पनि राष्ट्र र जनताको हित विपरीत कुनै पनि काम नगर्ने बताएका छन् ।

२०७६ वैशाख २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :