नेकपाद्वारा आगलागी पिडीतलाई राहत वितरण


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धका बाबजुद आगलागी पीडितलाई दाङ जिल्लाको शान्तिनगर तथा ११ नम्बर सेक्रेटरी मनोज परियारको नेतृत्वमा राहत वितरण गरिएको छ ।

बैशाख २३ गते दिउँसो साँढे १ बजेतिर हावाहुरीको कारण भएको आगलागीबाट शान्तिनगर गाउँपालिका वडा नम्बर ४ जुम्लेकुला सुन्दर टोलमा ३ घर पूर्णरूपमा जलेर पीडित भएका गौरीलाल रेउले, बुद्धिबहादुर रेउले, कुलबहादुर रेउलेका परिवारलाई राहत वितरण गरिएको हो ।

नेकपा शान्तिनगर गाउँ कमिटीले सोमबार साँझ घरमै पुगेर आगलागीबाट पशु चौपायासहित सरसामान सबै जलेर नष्ट भएका घरपरिवारलाई ३ बोरा चामल र १÷१ लम्बरका दरले तीन लम्बर चना वितरण गरिएको थियो ।

२०७६ वैशाख २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :