सरकारी दमनप्रति नेकपा गण्डक ब्युरोद्वारा घोर भत्र्सना (विज्ञप्तिसहित)

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरो इन्चार्ज आस्थाले बैशाख २३ गते एक विज्ञप्ति जारी गर्दै आफ्नो नेता तथा कार्यकर्ताहरुको दमन र गिरफ्तारी तत्काल बन्द गर्न केपी–पिके सरकारलाई चेतावनी दिएकी छिन् । राजनीतिक आस्थाकै आधारमा क्रान्तिकारी नेपाली जनताहरुलाई गिरफ्तार गरी झुठा मुद्दा लगाई गैरकानुनी रुपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेको भन्दै आपत्ति तथा घोर भत्र्सना गरेकी छिन् ।

राजनीतिक कार्यक्रमका सिलसिलामा रहेका हाम्रा नेता तथा कार्यकर्ताहरुलाई झुठा आरोपमा गिरफ्तार गर्ने, गैरकानुनीरुपमा थुनामा राख्ने तथा मानसिक शारिरिक यातना दिने घटनाको हामी घोर भत्र्सना गर्दछौं । धरपकड तथा हिरासतमा रहँदा घाइते हुनुभएको गोरखा जिल्ला सेक्रेटरी कपिल भट्टलगायत सबैको स्वास्थ्य लाभको कामनासमेत विज्ञप्तिमा गरिएको छ ।

गिरफ्तार गरिएका तमुवान जनसरकार प्रमुख किसानसिंह गुरुङलाई पाँच हजार र कास्की जनसरकार प्रमुख रामकाजी गुरुङलाई दश हजार धरौटीसहित कास्की जिल्ला अदालतले तारेखमा रिहा गरेकोमा तारेख जाँदा प्रशासनले गैरकानुनी रुपमा पुनः गिरफ्तार गरेको, स्याङ्या जिल्ला सेक्रेटरी गोकुल पराजुली, मजदूर नेता गोविन्द ओलीसहित जिल्ला कमिटी सदस्य सागर अर्याल र महिला नेतृ मिसिरा नेपालीलाई गिरफ्तार गरी झुठा मुद्दा लगाई गैरकानुनी रुपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिएको भन्दै आस्थाले आपत्ति जनाएकी छिन् ।

जनताको अधिकारका खातिर लागेका निद्रोष कार्यकर्ताहरुमाथि गरिएको फाँसीवादी व्यवहारका मतियारहरुलाई इतिहासले क्षमा नगर्ने र फाँसीवादी व्यवहारको जवाफ जनप्रतिरोध मार्फत नेकपाले दिनेछ भन्दै विज्ञप्तिमा भनेकी छिन् । नेपाली सेन, प्रहरी, निजामति कर्मचारी, न्यायपालिका सम्बद्ध व्यक्तिहरु र विभिन्न दलमा आवद्ध वास्तविक देशभक्त, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई फाँसीवादी दलाल सरकारलाई सहयोग नगर्न आह्वान पनि गरेकी छिन् । विज्ञप्तिकाे पूर्णपाठ……

२०७६ वैशाख २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :