दुर्घटनामा परी श्रीमानको मृत्यु, श्रीमती घाइते


चितवन : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा बैशाख १७ गते एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका –५ का ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिकाको चौबिसकोठीबाट विशालचोकतर्फ गइरहेको ना ७ ख २२६९ नं.को टिपरले भित्रीबाटोबाट आउँदै गरेको ना १८ प १००१ नं.को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार धर्मराज र ४५ वर्षीय उनकी श्रीमती कमला अधिकारी घाइते भएका थिए । गम्भीर घाइते भएका धर्मराजको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बैशाख १८ गते बिहान ७ बजे मृत्यु भएको छ भने घाइते कमला अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोसित स्थानीयले ठक्कर दिने चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै केही समय सवारी आवगमन अवरुद्ध गरेका थिए । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी कार्यालय चितवनले जनाएको छ ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :