डोल्पामा हावा हुरीले बिद्यालयको छाना उडायो


डोल्पा : बैशाख १७ गते दिउँसो चलेको हावा हुरीका कारणले हिमाली जिल्ला डोल्पाको एक बिद्यालयको टिनको छाना पुर्ण रुपमा उडाएको छ । करिब दिउँसो २ बजेर १५ मिनेटमा चलेको हावाहुरीले बिद्यार्थीहरु कोठाभित्र बसेर अध्ययन गरिरहेको अवस्थामा छाना उडाएको थियो ।

जिल्लाको जुफालमा रहेको आदर्श माविको ११ कोठाको छाना पुर्णरुपमा उडाएपछि करिब १ करोड बराबरको क्षति भएको बिद्यालयका प्रअ पुर्ण डागीले बताउनु भयो । कक्षा ११ र १२ को परिक्षा केन्द्रसमेत रहेको उक्त बिद्यालयमा ११ र १२ को परिक्षा भने अन्य भबनमा सिट मिलाइ अबरोध नहुने समेत प्र.अले बताउनु भयो । साथै डोल्पामा अहिले पनि हावा हुरी चलिरहेको कारणले सबैमा त्रास भएको देखिन्छ ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :