अखिल क्रान्तिकारी बुझायो ज्ञापनपत्र


काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अनेरास्वियु क्रान्तिकारीले विभिन्न मागसहित नवलपरासीका जिल्ला शिक्षा समन्वय अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो प्रमुख वीरेन्द्र विक, जिल्ला अध्यक्ष शारदा भण्डारी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । ‘वृद्धि गरेको शुल्क फिर्ता लिनुपर्ने, शिक्षालाई निःशुल्क अनिवार्य बनाउनुको विकल्प नरहेको, नियमविपरीत कार्य गर्ने जोकोहीलाई कारबाही गर्ने’ विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा व्याब्सनले अनावश्यक रूपमा वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने, संस्थागत तथा मन्टेस्वरीमा लिइएको चर्को शुल्क रोक्नुपर्ने, सरकारी शिक्षकलाई जस्तै निजी क्षेत्रका शिक्षकलाई पनि सम्मान गर्नुपर्ने, विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायत विभिन्न माग राखेर ज्ञापनपत्र बुझाइएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष शारदा भण्डारीले बताएका छन् ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :