मकवानपुर इन्चार्ज ज्वाला रिहा भएलगत्तै गिरफ्तार


काठकाडौं : जिल्ला अदालत मकवानपुरवाट रिहा भएका नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ लाई प्रहरीले रिहा गरेलगत्तै पुनः पक्राउ गरेको छ । उनलाई रिहा भएलगत्तै प्रहरीले जिल्ला अदालत मकवानपुरको गेटबाटै पुनः पक्राउ गरेको हो । ज्वालालाई अदालतले गत वैशाख २ गते धरौटीमा छाड्न आदेश दिएको थियो । तर ज्वालाले त्यस समयमा धरौटी र जरिबाना तिर्न अस्वीकार गरेपछि भीमफेदी जेल चलान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिबाना तिरेकाले रिहा गरिएको भए पनि पुनः अर्को मुद्दा भएकाले पक्राउ गरिएको बताए ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :