प्रेस स्वतन्त्रताका पक्षमा ५ पत्रकार सङ्गठन (विज्ञप्तिसहित)


काठमाडौं : सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गराउने खेल खेलिरहेको निष्कर्ष निकाल्दै पाँच पत्रकार सङ्घसङ्गठन एकजुट भई दबाबमूलक आन्दोलन गर्ने भएका छन् । काठमाडौँमा मङ्गलबार भएको पत्रकार सम्बद्ध ५ सङ्घसङ्गठनको बैठकले पछिल्लो समय सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार हुँदै गएको निष्कर्ष निकाल्दै दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

जनपत्रकार सङ्गठन नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घ, प्रेस सोसाइटी नेपाल र मधेसी पत्रकार समाजको संयुक्त बैठकले सरकारले चालेको पछिल्लो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको निकालेको जानकारी जनपत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले रातो खबरलाई दिए ।

जनपत्रकार सङ्गठन नेपालका डुम्रे, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायत सहभागी बैठकले दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय लिएको छ । साथै पत्रकार महासङ्घको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महासङ्घको भूमिका बढाउन अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । बैठकले देशभर सरकारले गरेको पत्रकार धरपकड र गिरफ्तारी तत्काल रोक्न र हिरासतमा राखिएका पत्रकारलाई अविलम्ब रिहा गर्न माग गरेको छ । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ वैशाख १७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :