गिरफ्तारीको विरोधमा मेची बन्द/नेताहरु रिहा नगरे कडा संघर्ष गर्छाैं – प्रकाण्ड, प्रवक्ता, नेकपा

mechi

prakanda 1

अम्बिका चन्द/काठमाडौं: असार १,  नेकपा, मेची व्यूरोले आफना नेताहरुलाई गिरफ्तार गरेको विरोधमा असार २ अर्थात भोली मेची बन्दको आह्वान गरेको छ । नेकपाका मेची ब्यूरो इन्चार्ज सन्तकुमार लिम्वु ‘सुमन’, मेची ब्यूरो सदस्य डिल्ली कुमार मैनाली र झापा सेक्रेटरी तारा थापालाई प्रहरीले पक्राउ गरेको विरोधमा मेची अन्चल बन्दको घोषणा गरेको छ । यसैबीच बिहिबार साँझ नेकपाका प्रवक्ता, प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै झापामा आफ्ना एक जना केन्द्रीय सदस्यसहित कार्यकर्ताहरु अनाहकमा प्रक्राउ गरेको भन्दै निन्दा गर्नु भएको छ । आफ्ना कार्यकर्ताहरु रिहा नगरे कडा संघर्ष गर्ने र त्यसबाट उत्पन्न असहज परिस्थितिको जवाफदेही देउवा–दाहाल सरकार नै हुनुपर्ने जारी विज्ञप्तिमा बताइएको छ ।

    

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :