कारागारको अनुगमन गरिदन मानवअधिकारकर्मीलाई अनुरोध

JEIL HOUSE अम्बिका चन्द/काठमाण्डौं:असार १, रोल्पा कारागारका आस्थाकाबन्दीहरुले मानवअधिकारवादी र पत्रकारहरुलाई कारागारको अवस्थाको अनुगमन गरिदिन अनुरोध गरेका छन् । विहिबार कारागार परिसरमा भेटघाटको लागि पुगेका आफन्तजनमार्फत उनीहरुले यस्तो अनुरोध गरेका हुन् । उनीहरुले काराकागारमा दिउँसो कोठा बाहिर बस्ने व्यवस्था भएता पनि विहान बेलुका र राती सुत्ने र खाने कोठामै सवैले एउटै भाँडोमा दिशापिसाव गर्नुपर्ने र कारागारको आधारभूत सुविधा पनि केही नभएको भन्दै मानवअधिकारवादीहरुलाई अनुगमन गरिदिन अनुरोध गरेका हुन् ।

चुनाव विरोधी गतिविधिमा लागेको भन्दै जेठ २३ गते रोल्पाको इरिवाङबाट पक्राउ गरिएका १३ जना कलाकारमध्ये ३ जना अखिल नेपाल जनसाँस्कृतिक महाससंघका केन्द्रीय सदस्यसहित लालपुन, पत्रकार महासंघ ५ नम्वर प्रदेश सदस्य पुष्टमान घर्ती र कलाकार रामबहादुर घर्तिलाई कारागारमा राखिएको छ । उनीहरुले आफूहरुलाई प्रशासनले विनाकारण आस्थाकै आधारमा पक्राउ गरी हिरासत हँुदै जेल पठाएको भनि प्रशासनको हर्कतप्रति आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :