राजबन्दी जीवन्तको स्वास्थ्य अवस्था गम्भीर


काठमाडौं : प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

चैत्र २४ गते आइतबार सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै गेटबाटै गिरफ्तार भएका नेकपाका पोलिट ब्यूरो सदस्य जीवन्त सुगर र मृगौला रोगबाट गम्भीर पीडित छन् । उनले त्यससम्बन्धी दैनिक रुपमा कडा मात्रामा औषधि खाइरहेका छन् ।

पुनः गिरफ्तारपछि संगठित अपराध अभियोगमा अनुसन्धानकालागि भन्दै हाल संखुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनलाई स्वास्थ्य परिक्षण गराउने त कता हो कता, नियमित औषधि टुट्दासमेत बेवास्ता गरेको उनका परिवारका सदस्यले बताएका छन् ।

भेटघाट गर्न पुगेकाहरुसँग आफू गम्भीर स्वास्थ्य समस्यामा परेको र उपचारकालागि काठमाडौं लैजाने व्यवस्था मिलाउन आग्रह गरेको बताए । बन्दीले पाउने सामान्य उपचार सुविधासमेत राज्यले आफूलाई नदिएको र उपचारकालागि गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले फाँसीवादी चरित्र देखाएको भन्दै उनले आपत्ति जनाएको कुरा भेटपछि फर्किएका आफन्तले बताएका छन् । जीवन्तको स्वास्थ्य अवस्थाबारे गम्भीर बन्न मानवअधिकार आयोग र सञ्चारमाध्यमसँग परिवारले आग्रह गरेका छन् ।

२०७६ वैशाख १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :