रोल्पाको लिबाङमा शक्तिशाली बम बिस्फोट


रोल्पा : बैशाख १६ गते रोल्पाको सदरमुकाम लिबाङ नजिकै शक्तिशाली बम बिस्फोट भएको समाचार प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीका रोल्पा नगर इन्चार्ज विश्लेषणका अनुसार रोल्पामा भइरहेको दलाल सरकारको कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट गराइएको बताएका छन् । दलाल सरकारद्वारा नेकपालाई लगाइएको प्रतिबन्धका विरुद्ध सरकारका प्रतिनिधिहरुलाई प्रतिबन्ध लगाउने नीति अनुरुप सो विस्फोट गराइएको बताइएको छ ।

यो विस्फोट दलाल सरकारको चेतावनी स्वरुप गराइएकोसमेत इन्चार्ज विश्लेषणले बताएका छन् । सरकारी नेकपाका जिल्ला स्तरीय नेताहरुलाई प्रशिक्षणकालागि बैशाख १६ गते ५ नम्बर प्रदेशका मुख्य मन्त्री इश्वर पोख्रेल लिबाङ गएका थिए ।

२०७६ वैशाख १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :