
कार्यक्रममा बोल्दै पूर्वसचिव डा. द्वारीकानाथ ढुङ्गेलले ठूला भनिएका दलका शिर्ष नेताहरुले नै एनसेललाई कर नतिर्न प्रोत्साहान गरिरहेको आरोप लगाएका छन् । ‘एनसेल कर तिर्ने सर्तमा नेपाल आएको हो र उ कर तिर्न पनि चाहन्छ तर सिंहदरबार निदाएको छ, नेताहरु कमिशनको पछि कुदिरहेका छन्’ । देश कुशासनको दलदलमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै ढुङ्गेलले भने आफ्नो अभियान राष्ट्रको हितमा रहेको आम जनता समक्ष अपिल गरे ।

अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक एवं नेपाल कम्युस्टि पार्टीका युवा नेता नरबहादुर कार्कीले एनसेलले नेपालमा ब्यापार गर्ने नैतिक आधार गुमाइसकेको बताए । उनले दलाल राजनीतिक नेतृत्व, कर्पोरेट मिडिया र अदालतको संरक्षणमा एनसेल टिकिरहेको आरोप लगाए । ‘नो ट्याक्स नो एनसेल’ अर्थात एनसेलको सिम बहिस्कार अभियान्तासमेत रहेका कार्कीले एनसेल करछलि प्रकरण एउटा उदाहरण मात्रै भएको भन्दै बालुवाटार, खुलामञ्च, निर्मला पन्त, सुन तस्करीलगायत सबै प्रकरण वर्तमान राजनीतिक प्रणालीको उपज भएको बताए ।
राजनीतिक ब्यवस्था र पार्टीलाई रेलसँग तुलना गर्दै उनले भने, ‘रेलको ट्र्याक, गति बिग्रिन थाल्यो भने रेल नै फेनु पर्छ । एक डिब्बाबाट अर्को डिब्बामा सरेर सहि गन्तब्यमा पुगिदैन । डबल नेकपा, काँग्रेस, मधेशी दल, नयाँ शक्ति, विवेबशीललगायत संसदीय पार्टीहरु एउटै रेलका भिन्नभिन्न डिब्बा मात्रै हुन् ।’


२०७६ वैशाख १५ गते आइतबार प्रकाशित