पोखरामा पुर्ण पौडेलको स्मृति कार्यक्रम सम्पन्न


पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले बैशाख १३ गते महान् दश बर्षे जनयुद्धमा तत्कालिन शाही नेपाली सेनाद्धारा वेपत्ता पारिएका नेकपा (माओबादी)को भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पुर्ण पौडेलको स्मृति कार्यक्रम सम्पन्न गरेको छ । राज्य विरुद्ध बन्दुक उठाएको तत्कालिन नेकपा (माओवादी)को भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव पूर्ण पौडेल २०५९ देखि बेपत्ता छन् । उनलाई ०५९ वैशाख १३ गते बेलुका काठमाडौंको कालिमाटीबाट सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए ।

कार्यक्रममा वेपत्ता पुर्ण पौडेल कि आमा मोतिमायाले रुदै भनिन्, ‘विप्लव उता जंगलमा गएको थाहा पाएपछि मैले फोन गरेर सोधे बाबु तपाई कता हो ? भने, उहाँले भने आमा म एतै छु भने । के गर्न जानु भएको हो त ? अनि मैले भने एक्लो विरुवा त के गर्ने हो भन्ने मेरो मनमा लाग्यो तर आज एक्लो विरुवा भएपनि हाम्रो जंगल भएको छ । यी शाोषकहरु, भ्रष्टचारीहरुले हाम्रो छोराहरु मारे सबैलाई बेपत्ता पारे आज यीनले के गरे अरुको जुठो भात खान गए बाबु तर यस्तो नहोस् विप्लव बाबु तपाईले खुट्टा नछोड्नुहोस् मैले विप्लवलाई त्यही भनिराख्छु तर तपाईले खुट्टा नछोड्नुहोला बाबु तापाईकै भरोषामा छन् सबै जनताहरु मलाई सबैले के भन्छन् विप्लवले के गर्ला र यत्रायत्रा नेताहरुले त केही गर्न सकेनन् मलाई सोध्छन् मत ठुलो नेता त होइन तर मलाई विश्वास छ विप्लवले गर्न सक्छन् बाबुले गर्नु हुन्छ । बाबु कसैसँग तर्सिने डराउने होइन, तर जोगिएर हिड्नुहोला । तपाईहरुले नेपाली जनताको मुक्तिको बाटो नछोड्नुहोला भन्दा आमाले हामी सबैको आशा र भरोसा नेकपा विप्लवमा भएकोले हामी तपाईको साथमा छौं’ भन्नु भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा कास्कीका सेक्रेटरी आक्रोशले आफ्नो पार्टी नेपाली जनताको आशा र भरोषाको केन्द्रबिन्दु भएको र आम नेपाली जनताको मुक्तिकालागि जस्तो सुकै कठिन परिस्थितिको सामना गर्न नेपाल कम्युनिस्ट पार्टी तयार रहेका बताए । बेपत्ता योद्धा पुर्ण पैडेल लगायत सहिद बेपत्ताका सपना साकार पार्ने र एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत जनताको समाजबादी व्यवस्था ल्याएरै छोड्ने प्रतिबद्धता गर्नु भयो । प्रतिबन्धको घेरा तोड्दै पार्टीले आफ्ना सबै कार्यक्रम सफल रहेको आक्रोशले बताए । कार्यक्रममा पार्टी लगायत जवस मोर्चाका सबै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष काजी गुरुङले गरेका थिए ।

२०७६ वैशाख १४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :