युवा संगठन नेपालद्वारा भुमाफियासँग सार्वजनिक सम्पति तुरुन्त फिर्ता गर्न माग (विज्ञप्तिसहित)


काठमाडौं : युवा संगठन नेपालले वर्तमान बामपंथी सरकारका भित्री काला कर्तुतहरु दिनप्रतिदिन उदाङ्गिदै गरेको जनाएको छ ।
नेकपा निकट युवा संगठनले बैशाख १३ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल दक्षिण एसिया र विश्वको पहिलो भ्रष्टाचारी मुलुकको लिस्टमा पर्न थालेको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीबाट जारी गरिएको विज्ञप्तिमा वर्तमान सरकारलाई केपी प्रचण्डको कथित बामपंथी सरकारको संघ्या दिईएको छ ।

एनसेलमा भएको अरबौं कर छलि चुडामणि शर्मा, गोपाल खड्का लगायतका कर छलिमा शाषकहरुको प्रत्यक्ष संलग्नता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारी सम्पत्तिको दोहन गर्न राज्य सञ्चालकहरु नै लागेको भन्दै विज्ञप्तिमार्फत युवा संगठनले त्यसको विरोध जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘हालै मात्र बाहिर आएको खुल्ला मञ्चको सार्वजनिक जग्गा प्रकरण बालुवाटारको सरकारी जग्गा बिक्री बितरण प्रकरणमा राज्य सत्तामा रहेका शाषकहरुको मिलोमतोमा भएका घटनाहरु हुन् ।’ भ्रष्टाचार हुन दिन्न र आफु पनि गर्दैन भन्ने प्रधानमन्त्री केपी ओलीको देखाउने दाँत मात्र भएको उक्त संगठनले आरोप लगाएको छ । बालुवाटार र खुल्ला मञ्च जग्गा प्रकरणका विरुद्धमा जनताले गरेको आन्दोलनप्रति युवा संगठनको पुर्ण ऐक्यबद्धता रहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ वैशाख १४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :