स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनालाई

लियोनल मेस्सी बने नायक


काठमाडौं : बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० गोलको संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले तीन खेल अगाडि नै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । उनकै गोलमा बार्सिलोनाले जित हात मात्रै पारेन लिगको उपाधि नै जित्न सफल भयो । खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि बार्सिलोनाले १–० गोलले खेल जितेको हो । जितसँगै बार्सिलोनाको ३५ खेलबाट ८३ अंक बन्यो । जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको भन्दा ९ अंकले बढि हो ।

२०७६ वैशाख १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :