कैलालीबाट नेकपाका सेती ब्युरो सचिवसहित ३ जना गिरफ्तार


कैलाली : नेकपाका ब्युरो सदस्य तथा सेती ब्युरो सचिव डबल शाहलाई धनगढी उप–महानगरपालिका एलेनचोकबाट बैशाख १३ गते विनाकारण केपी–बादल गृहप्रशासनले गिरफ्तार गरेको छ ।

यसैगरी कैलालीको टिकापुर नगरपालिकाबाट नगर इन्चार्ज धर्ति र सेक्रेटरी पूर्ण खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले आफ्ना नेता तथा कार्यकर्तालाई विनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएका छन् र तुरुन्त रिहाइको मागसमेत गरेका छन् । रिहाइ नगरे सरकार विरुद्ध कडा भन्दा कडा संघर्षमा उत्रने मल्लले चेतावनी दिएका छन् ।

२०७६ वैशाख १३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :