पाँच बर्षे बालकसहित महिला नेतृ गिरफ्तार ! रिहाइ नगरे कडा संघर्ष गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)


रुपन्देही : बैशाख १० गते रातीे ५ बर्षे छोरासहित गिरफ्तार परेकी नेकपा रुपन्देहीका जिल्ला नेता कल्पना सुवेदीलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले एक विज्ञप्ति सार्वजनिक गरेको छ । जिल्ला सेक्रेटरी अमर आरसीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा ‘क्रुर शाषकले अपराधीलाई जस्तै व्यवहार गरी एउटा बच्चासँगको आमालाई मध्यरातमा प्रहरीले गिरफ्तार गर्ने जुन हर्कत गरेको छ, यसले कथित कम्युनिस्ट नामको सरकारको चरित्र उदांगो पारेको छ ।’ भन्दै ‘विनाकसुर राजनैतिक आस्था र विचारकै कारण आफ्नो ५ बर्षे छोरासहित गिरफ्तार पर्नुभएकी पार्टीको जिल्ला नेता कल्पना सुवेदीको तत्काल रिहाईको माग गर्दछौं । साथै यस्तो गम्भीर मानवअधिकार उल्लंघनको घटनाप्रति मानवअधिकारवादी, ईन्सेक, पत्रकार तथा सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्न चहान्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
आफ्नो पार्टीका नेता तथा शुभचिन्तकलाई लामो समयदेखी गैरन्यायीक हिरासतमा राखेको भन्दै सवैलाई तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनीसमेत विज्ञप्तिमार्फत दिएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ वैशाख ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :