प्रशासनले बिमलको घरमा ३० दिने पक्राउ पुर्जि टाँस्याे

प्रशासन प्रमुखलाई सोही दिनभित्र जनसरकारमा हाजिरको आदेश


इलाम : फाकफोकथुम गाउँपालिका घर भएका बिमल बस्नेतलाई इलाम जिल्ला प्रसासन कार्यालयबाट शान्ति खल्बलाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको आस्थाका आधारमा ३० दिने पक्राउ पुर्जि घरमा टाँस गरिएको हुँदा त्यसप्रति इलाम जनपरिसद्ले खेद प्रकट गरेको छ । सरकारी पक्षबाट यस्ता गल्ती रोकिए हामी कडा प्रतिबाद गर्ने जानकारी गराउन चाहान्छौं र इलाम जिल्ला प्रशासनका प्रमुखलाई जनतामा आतङ्क फैलाएको अनुसार ३० दिन भित्र जिल्ला जनसरकारको कार्यालयमा हाजिर हुन अनुरोध गरिन्छ हाजिर नभएमा नियम अनुसार कार्वाही अगाडि बढाइने जानकारी गराइन्छ भन्ने बिषय उदृढ गराउदै इलाम जिल्ला जनसरकार प्रमुख नबराज तामाङ्गले जानकारी गराएका छन् ।

अहिले हामीलाई प्रतिबन्ध लगाएपछि इलाम जनसरकारले आफ्ना सबै खाले गतिविधि गराउदै दलाल तस्करी फटाहा बलत्कारी सबैलाई जनसरकारले कार्वाही गर्दै टुके झाँक्री केपिलाई नाङ्गे झार बनाएर भारत तिरै लखेट्ने जानकारी गराएको छन् ।

२०७६ वैशाख ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :