काठमाडौंमा दुई पटक भूकम्पको धक्का, धादिङको नौबिसे केन्द्रबिन्दु


काठमाडौं : भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको छ ।

परकम्पले काठमाण्डौ आसपासमा समेत धक्का महसुस भएको थियो । परकम्पको त्रासले काठमाडौका बासिन्दाहरु घर बाहिर निस्केका थिए । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा यो अहिलेसम्मकै ठूलो परकम्प गएको हो । भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।

२०७६ वैशाख ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :