चुनाव फेरि सर्यो

Gov-and-Rajapa-barta

काठमाडौं/असार १,  देउवा–दाहाल गठबन्धन सरकारले प्रदेश नं. २ को चुनाव असोज २ गतेका लागि सारेको छ । बिहिबार विहान ११ बजे सरकारी गठबन्धन र राजपाका नेताहरुबीचको बैठक असमतीमा टुङ्गिएपछि राजपा र निर्वाचन आयोगसँग सहमती नगरी सरकारले एकतर्फी अर्काे मिति घोषणा गरेको हो । पश्चिमी देशहरु, चीन र भारतीय कांग्रेस पार्टी नेपालमा स्थानीय चुुनाव गराउन चाहेको र भारतको सत्तारुढ पार्टी भाजपा चुनावको विपक्षमा रहेको चर्चा भइरहेको बेला प्रदेश नं. २ को मात्र चुनाव सरेको हो । भाजपाका नेताहरु राजपा र स्थानीय चुनावका विषयमा मौन रहेको बेला भारतीय कांग्रेस (आई), सिताराम यचुरीलगायतले खुलेरै चुनावको वकालत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :