बेलायतमा अस्थिरता

maxresdefaultकाठमाडौ/असार १, बेलायतमा बिहीबार भएको संसदीय निर्वाचनमा कुनैपनि दलको स्पष्ट बहुमत आउन सकेन । जसका कारण दुई पार्टी प्रणालीमा चल्दै आएको पश्चिमी प्रजातन्त्रमा ठेस पुगेको छ । स्पष्ट बहुमतको अभावमा बेलायतमा संयुक्त सरकार बन्ने निश्चित भएको छ । कन्जरभेटिभ पार्टीले ६५० मध्ये ३९९ स्थानमा मात्र विजय हासिल गरेको छ । लेबर पार्टीले २६१ स्थान हात पारको छ । स्कटिस नेसनल पार्टीले ३५ र लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जितेका छन् ।  सन् २०१५ मा भन्दा यस वर्ष सत्तारुढ पार्टीले १२ स्थान गुमाएको लेबर पार्टीले २९ स्थानमा प्रगति गरेको छ । सबैभन्दा बढी स्कटिस नेसनल पार्टीले २१ सिट गुमाएको छ । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि युरोपियन युनियनबाट हट्न अझ भारी बहुमत आवश्यक हुने भन्दै बेलायतमा मध्यावधि चुनावको घोषणा सत्तारूढ दलले गरेको थियो तर सत्तारूढ दलको अपेक्षाभन्दा उल्टो परिणाम आएको छ । अतिवादी आक्रमण र युरोपियन युनियनबाट अलग हुने निर्णयले बेलायत अस्थिरतातर्फ गइरहेको विश्लेषण भैरहेको बेला मत परिणामले थप अन्योल बढाएको छ । जनताले मध्यावधिनिर्वाचन नरुचाएको भन्दै प्रधानमन्त्री टेरेजा मेको पार्टीभित्रै आलोचना बढ्दै गएको छ । जम्मा १० स्थानमा जितेको आयरल्यान्डको डेमोक्रेटिक युनिअनिस्ट पार्टीसँग मिलेर मे नयाँ सरकार गठनका लागि शुक्रबार महारानी भेट्न बकिङधम गएकी छिन् । तर प्रमुख प्रतिपक्षीले भने भारी बहुमतका लागि गरिएको मध्यावधि निर्वाचनमा सत्तारूढ दलले झनै कम मत पाएको कारण उसको नैतिक पराजय भएको भन्दै अल्पमतको सरकार बनाउन पाउनुपर्ने दाबी गरेको छ । आयरिस दलले भने सरकार बाहिरैबाट समर्थन मात्र गर्नसक्ने अनुमान छ । राजनीतिक अस्थिरताको सङ्केतसँगै बेलायती मुद्रा पाउन्डमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :