जनताले बिराटनगरका जनप्रतिनिधि र कर्मचारीलाई कार्यकक्षभित्र राखेर ताला


बिराटनगर : जनप्रतिनिधि र कर्मचारीसँग सर्वसाधारणले कार्यकक्षमै थुनिदिएका छन् । बिराटनगर महानगरपालिका–६ का जनप्रतिनिधिलाई स्थानीयवासीले कार्यकक्षमै थुनेका हुन् ।

जनप्रतिनिधि र कर्मचारीले सुकुम्बासीको घर भत्काइदिएको भन्दै सर्वसाधारणले वडाअध्यक्ष बिजय कामत र सदस्यसहित कर्मचारीहरुलाई कार्यकक्षमै थुनेका छन् । उनीहरुलाई कार्यकक्षमै राखेर बाहिरबाट ताला लगाइएको छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले डोजर लगाएर सुकुम्बासीका टहरा भत्काएको प्रति आक्रोसित हुँदै पीडितहरु शुक्रबार १० बजेअघि नै वडा कार्यालयमा पुगेका थिए । उनीहरुले अध्यक्ष कामत र कर्मचारी भूमाफियाको प्रभावमा परेर आफूहरुको उठिबास लगाएको आरोप लगाउँदै कार्यकक्षमै ताला लगाएका थिए । जनप्रतिनिधिलाई भित्र थुनेर सुकुम्बासीहरुले बाहिर नाराबाजी गरेका थिए ।

सार्वजनिक जग्गामा व्यक्तिले पैसा उठाएर सुकुम्बासीले टहरा बनाएपछि डोजर लगाइएको महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।

२०७६ वैशाख ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :