इलाममा प्रधानमन्त्री ओलीलाई प्रतिबन्ध


इलाम : सामाजिक दलाल केपी–बादल सरकारले घरैमा बसिरहेका बेला लुगासम्म लगाउन नदिकन इलामको फाकफोकथुम लुङदेबाट गिरफ्तार गरिएका सन्त गजमेरलाई २४दिन पछि हिरासत मुक्त गरिएको छ । उहालाई विभिन्न तरिकाले मानसिक तनाब दिएको र सत्ताधारी नेकपाका कार्यकर्ताले आत्मासमर्पण गराउन खोजेको विभिन्न प्रोलोबनमा पार्न खोज्नेसम्मको करार गरेकोप्रति दुःख ब्यक्त गर्नुभयो । उहाँले म भित्र रहँदा सहयोग पुर्याउनु हुने पार्टी र आम जनता तथा सुभचिन्तकलाई धन्यबाद दिनुभएको छ । २४ दिन हिरासत बसाइलाई लेसनको रुपलिएको र पढ्न नदिइ सही गराउने कार्य दुःखदाई भएको बताउनु भयो । सुभचिन्तक सम्मलाई गिरफ्तार गरेर हिरासत राख्नु भनेको राणा शासनको झल्को दिएको छ भन्नू भयो, अब तपाईं कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नमा उहाले घर जादैछु अहिले पछि थाहा पाइहाल्नु हुन्छ नि भन्दै कुटनैतिक भासाबाट उहाँ मुस्कुराउनु भएको छ ।

इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई बुझ्न खोज्दा उहालाई खुल्ला आकाशमा स्वागत छ भन्नुहुँदै अरु केही कुरा जानकारी गराउनु भएन र पछि सम्पर्कमा आउने बताउदै बन्दमा सहयोग गर्नु हुने आम जनता बुद्धिजीबि समाज सेबी औद्योगिक, पत्रकार, प्रहरी प्रशासन लगायत सम्पूर्ण जनतामा धन्यवाद दिनुभयो भने अबदेखि इलाममा पनि प्रधानमन्त्री केपीलाई प्रतिबन्ध लगाएको जानकारी गराउनु भएको छ ।

२०७६ वैशाख ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :