नेकपाका केन्द्रीय सदस्य आदर्श र असलसहित चार जना गिरफ्तार


काठमाडौं : नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’, चन्द्रबहादुर खड्का ‘असल’ र सहिद परिवार लालबहादुर ओली ‘विश्व’लाई बैशाख ६ गते दाङ जिल्लाको तुलसीपुर उपमहानगर पालिकाबाट केपी–बादल गृहप्रशासनले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।
यसै गरी रोल्पाको बाघमारामाको मेलाबाट रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढालाई पनि गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । उनीहरुलाई कहाँ लगेको हो भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।

यसअघि नेता खड्कालाई २०७५ भाद्र ५ गते काठमाडौँ जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी बुटवलको इलाका प्रहरी कार्यालय हिरासतमा राखेको थियो । उनलाई गिरफ्तार गरेको दुई दिनपछि मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो ।

२०७६ वैशाख ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :