लुम्बिनीमा बन्दको प्रभाव, भारतीय ट्रकमा आगजनी

बुटवल : नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । प्रहरीले पक्राउ परेका आफ्ना पार्टीमाथि लगाएकाको र पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) लगायत नेताकार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपाले वैशाख ५ गते बन्द आव्हान गरेको हो । बन्दको कारण विहानैदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन । बजार पनि ठप्प छ ।

सडकमा फाट्टफुट्ट निजी सवारी साधनहरु चलेका छन भने सर्वसाधारणको आवतजावत पनि अत्यन्त पातलो छ । सधै भिडभाड रहने बुटवलको लुम्बिनी बस टर्मिनलको टिकट बिक्रि कक्ष बन्द छ । सडकमा बन्दआव्हानकर्ता नदेखिएपनि चोक चोक प्रहरीले सतर्कता बढाइएको छ । 

यता नवलपुरमा भारतको गुजरातबाट काठमाडौं जानका लागि आउदै गरेको आर जे ०२ जिबि २८७० नंबरको ट्रकमा बन्दकर्ताले आगजनी गरेकोको छ । आगलागिबाट ट्रकको अगाडि भागमा क्षती पुगेको छ । समयमै शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाउन सफल भएको थियो । बन्दकै क्रममा विभिन्न स्थानमा बम तथा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । यस्तै यता रुपन्देहीको कोटिहवा स्थीत टाइगर प्यालेस होटल जाने बाटोमा, कन्चन गाउपालिका, धकधैइ, लुम्बिनी लगायतका क्षेत्रमा शंकास्पद बस्तु भेटिएको छ ।

यतै लुम्बिनीका कपिलवस्तु, नवलपरासी, रुपन्देही, नवलपुर, गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लामा बन्दको पुर्ण प्रभाव रहेको देखिएको त्यहास्थित हाम्रा सम्वाददाताहरुले बताएका छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :