पोखरामा एक सैनिक घाइते, बागलुङ र काभ्रेमा बम फेला

पोखरा : नेपाल कम्युनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्ध फुकुवा नगरे सरकार बिरुद्ध कडा आन्दोलनको घोषणा गरेर नेपाल बन्द गरेकै दिन जनताले पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ । बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । भने लामो दुरीका सवारीसाधन चलेका ठप्प छन् ।

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :